Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी नेपाली टोली स्वदेश फर्कियो 

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी नेपाली टोली स्वदेश फर्कियो 

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी नेपाली टोली स्वदेश फर्कियो 
images

साउदी अरबमा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी भएको नेपाली टोली स्वदेश फर्केको छ । दुई खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्सीय नेपाली टोली आज स्वदेश फर्र्केका हो ।

नेपाली टोलीलाई तेक्वान्दो सङ्घका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।प्रतियोगितामा नेपालका सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जित्नुभएको थियो । सिर्जनाले ५२ किलोमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२–० अङ्कले हराएर स्वर्ण पदक जित्नुभएको हो ।

मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुनुहुन्छ । सिर्जनाले सेमिफाइनलमा ब्राजिलका क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोका जेसिका क्वीजानोलाई हराउनुभएको थियो ।

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र  डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जित्नुभएको थियो ।

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १९:२०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology