पैरेनी । कालावाङ घडेरी तमू समाज पोखराले चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित पैरेनी गाउँमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । गुरुङ भाषाको चर्चित कार्यक्रम तमू मै ताका संचालक एवं सामाजिक अभियन्ता युग बहादुर गुरुङद्वारा संचालित न्यानो ल्होसार कार्यक्रमको पहलमा समाजले शनिबार उक्त सामाग्री वितरण गरेको हो।
समाजले राष्ट्रिय आधारभुत विद्यालय पैरेनीमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक देव कुमार गुरुङले जानकारी दिए। उनका अनुसार समाजले स्थानीय विपन्न र सिमान्तकृत समुदायका ६३ घर परिवारलाई न्यानोकपडा, ९ घर परिवारको स्वास्थ्य विमाका साथै ६० जना साना बच्चाहरुको लागि न्यानो चप्पल पनि वितरण गरेको थियो।
एक औपचारिक कार्यक्रम गरेर वितरण गरिएको उक्त कार्यक्रमको सभापति समाजका आमा समूह अध्यक्ष विष्णुमाया गुरुङ, प्रमुख अतिथि चितवन क्षेत्र नं. २ बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद सिलवाल, विशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए।