कुरिनटार । नेपालको प्रथम शहिद लखन थापा मगरबारे अध्ययन अनुसन्धान गरिरहेका शोधकर्ता जीवन आले मगर सम्मानित भएका छन् । इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि. चितवनद्वारा संचालित इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाको पाँचौ वाषिकोत्सवको अवसरमा शनिबार ‘इच्छाकामना न्युज सम्मान–२०७९’ बाट शोधकर्ता मगर सम्मानित भएका हुन्।
उनलाई कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद सिलवालले दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मगरसँगै ६ जनालाई पनि सम्मान गरिएको थियो।
इच्छाकामना न्युज डटकम चितवनको इच्छाकामना गाउँपालिका र आसपासका जिल्लाका पालिकाहरुको गतिविधीसहित समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्दै इच्छाकामनाको पहिलो डिजिटल अनलाईन पत्रिका हो ।