दाहाखानी, २२ पुस । मगर समुदायको सबैभन्दा ठुलो चाड माघे सक्रान्तिको पूर्व सन्ध्यामा नेपाल मगर महिला संघ चितवनले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ। संघले आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित माथिल्लो दाहाखानीको ६५ घरपरिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो।

संघका जिल्ला अध्यक्ष रुकु राना मगरको नेतृत्वमा गएको टोलीले माथिल्लो दाहाखानीको स्थानीयलाई जाडोका लागि न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गरिएको थियो। वितरण गरिएको सामाग्रीहरुमा न्यानो कपडाका साथै चामल, चाउचाउ भुजा लगायतका खाद्यान्न सामाग्री रहेको अध्यक्ष मगरले बताउनुभयो।
उहाँका अनुसार संघले आर्थिक रुपमा कमजोर विपन्न वर्गका व्यक्तिहरुलाई सहयोग वितरण गरेको हो।
