Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना न्युज डटकमको पाँचौ वार्षिकोत्सवमा भव्य कार्यक्रम सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्म्मानित

इच्छाकामना न्युज डटकमको पाँचौ वार्षिकोत्सवमा भव्य कार्यक्रम सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्म्मानित

images

इच्छाकामना न्युज

२४, मंसिर २०७९
इच्छाकामना न्युज डटकमको पाँचौ वार्षिकोत्सवमा भव्य कार्यक्रम सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्म्मानित
images

कुरिनटार । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्यूज डटकम डिजिटल अनलाईन पत्रिकाले पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिबार चितवनको इच्छाकामना ३ चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो।

IMG_6616.jpg

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनालाई मुख्य केन्द्र मानी आसपासका स्थानीय तहहरुको विभिन्न गतिविधिलाई समावेश गर्दै समाचार प्रकाशन प्रसारण गर्दै आईरहेको अनलाईन २०७४ कार्तिक ३० गतेदेखि विधिवत संचालनमा आएको थियो । यसै क्रममा यहि कार्तिक ३० गतेदेखि अनलाईन निरन्तर संचालन भएको ५ वर्ष पूरा भै छैटौं वर्षमा प्रवेश गरेको हो। 

IMG_6467.jpg

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुमा नवौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेकी इच्छाकामना ५ मुग्लिनकी तेक्वान्दो खेलाडी सुप्रिका गुरुङ, वरिष्ठ पत्रकार इच्छाकामना संचारकर्मी समूहका अध्यक्ष रोहिणीप्रसाद त्रिपाठी, गोरखाका पत्रकार कान्तिपुरकर्र्मी भीमलाल श्रेष्ठ, आँबुखैरेनीका साहित्यकार अनिल श्रेष्ठ, शहिद लखन गोरखाका लेखक शोधकर्ता एंव प्रशासक जीवन आलेमगर, चेपाङ समुदायबाटै पहिलो सिभिल इन्जिनियर प्रथम श्रेणीमा उत्तिर्ण गर्न सफल धादिङको बेनीघाट रोराङका मनिष चेपाङ रहेका छन्।

IMG_6445.jpg

यस्तै कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा सदस्य कृष्ण सिलवालले  विकास र समृद्धि नामक स्मारिका समेत विमोचन गरिएको थियो भने प्राध्यापक एवं समालोचक तेजविलास अधिकारीले स्मारिकाको विषयमा बोलेका थिए। 

IMG_6550.jpg

इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङका सभापतित्व तथा चितवन क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा सदस्य कृष्ण सिलवालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना साकार, सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान विशिष्ट अतिथि रहेका थिए।

IMG_6602.jpg

कार्यक्रममा अनलाईनका संचालक एवं कार्यकारी सम्पादक चित्र बहादुर गुरुङ सोल्टिले स्वागत मन्तव्य व्यक्त गर्दै अनलाईनको स्थापना, संचालनका बारे बताएका थिए भने युवराज लामाले कार्यक्रम संचालन गरेका थिए।

IMG_6563.jpg

चितवनको इच्छाकामना गाउँपालिका र आसपासका जिल्लाका पालिकाहरुको गतिविधीसहित समाचारहरु पस्किदै आएको इच्छाकामना न्युज डटकम इच्छाकामनाको पहिलो डिजिटल अनलाईन पत्रिका हो ।

IMG_6607.jpg

IMG_6580.jpg

IMG_6589.jpg

IMG_6571.jpg

IMG_6609.jpg

IMG_6567.jpg

IMG_6566.jpg

IMG_6529.jpg

IMG_6537.jpg

IMG_6523.jpg

IMG_6519.jpg

IMG_6505.jpg

IMG_6500.jpg

IMG_6486.jpg

IMG_6479.jpg


images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - २२:४८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology