अमेरिकी संसदको प्रतिनिधि सभाले समलैङ्गिकविवाहलाई मान्यता दिनेगरीको विधेयक पारित गरेको छ । अमेरिकी संसदको उच्च सदन सीनेटमा पारित भइसकेको यो विधेयक अब राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेपछि लागू हुनेछ ।
प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका ३९ जना सांसदले उक्त विधेयकको पक्षमा मतदान गरेका थिए । विधेयक पारित भएपछि अमेरिकामा समलैङ्गिक विवाह र फरक फरक यौनिक पहिचान भएका नागरिकबीचको विवाहले कानूनी मान्यता पाउनेछ । अमेरिकी राष्ट्रपति बाइडनले संसदबाट पारित विधेयकलाई ऐतिहासिक रहेको बताउनुभएको छ ।