Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

यस वर्षको हिउँदमा कम पानी पर्ने आँकलन 

यस वर्षको हिउँदमा कम पानी पर्ने आँकलन 

images

इच्छाकामना न्युज

२४, मंसिर २०७९
यस वर्षको हिउँदमा कम पानी पर्ने आँकलन 
images

काठमाण्डौ । यो वर्षको हिउँदमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने आँकलन गरिएको छ ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी लगायतका पूर्वी तथा तराईका जिल्लाहरु, मधेश प्रदेशको पर्सा, बारा, रौतहट लगायतका पश्चिमी भूभागहरु, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्लाहरु, गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, लुम्बिनी प्रदेशको अधिकांश जिल्लाहरु र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकँलन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख डा. इन्दिरा कँडेलले सीआईएनसँग कुरा गर्दै पानी कम पर्ने पूर्वानुमान गरिएको बताउनुभयो । मङ्सिर १५ देखि फागुन १६ सम्मलाई हिउँद यामको रुपमा लिने गरिएको छ । 

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - ०९:३२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology