Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु

एजेन्सी

२४, मंसिर २०७९
कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु

दोहा । कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो।

images

कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो।

एक रिपोर्टका अनुसार भत्किएको रंगशाला उरुग्वेमा सन् २०३० को विश्वकपका लागि पुनर्निर्माण गरिने बताइएको छ। ढुवानी कन्टेनर र मोड्युलर स्टिलबाट पूर्ण रूपमा निर्माण गरिएको थियो।

बन्दरगाह क्षेत्रमा अवस्थित र दोहाको तटीय सहरको दृश्यमा, स्टेडियम ९७४ मा फ्यानहरूले अरबी खाडीबाट भित्रिने चिसो हावाको अनुभव समेत गरेका थिए। प्रतियोगिता पछि, कन्टेनर र सुपर-स्ट्रक्चर पुनः प्रयोग गरिनेछ।

स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यस रंगशाला ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको थियो।

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - ०८:३३:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology