काठमाडौं । क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।