कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएका योजनाको भूक्तानी वडा कार्यालयबाटै दिने भएको छ । गाउँपालिकाले यो आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने सबै योजनाको भुक्तानी वडा कार्यालयबाटै दिने भएको हो।
स्थानीय उपभोक्ता समितिहरुलाई गाउँपालिकामा भुक्तानी लिन पटक–पटक जानु पर्दा असहज हुने भएकोले वडाबाटै भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले जानकारी दिनुभयो। उनका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै गाउँपालिकाले भुक्तानी दिनेछ। यसले उपभोक्ताहरुलाई गाउँपालिकासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्ने उनले बताए।
यस्तै गाउँपालिकाले योजनाको भुक्तानी वडाबाटै गर्ने व्यवस्था मिलाएर नागरिकलाई गाउँगाउँमा सिंहदरवारको अनुभुत गराउन खोजिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए। कसरी हुन्छ जनतालाई सहज बनाउन हामी लागिरहेका छौ’ –उनले भने।