Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै 

images

इच्छाकामना न्युज

२३, मंसिर २०७९
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै 
images

काठमाण्डौ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।

दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताउनुभएको छ ।  देउवाले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेकाले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । 

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १०:२२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology