Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामना विशेष

फिस्लिङ नजिकै तरकारी बोकेको गाडी र बुलेट मोटरसाइकल ठोक्कियो, ५ घाइते, दुईको अवस्था गम्भीर

फिस्लिङ नजिकै तरकारी बोकेको गाडी र बुलेट मोटरसाइकल ठोक्कियो, ५ घाइते, दुईको अवस्था गम्भीर

images

इच्छाकामना न्युज

२२, मंसिर २०७९
फिस्लिङ नजिकै तरकारी बोकेको गाडी र बुलेट मोटरसाइकल ठोक्कियो, ५ घाइते, दुईको अवस्था गम्भीर
images

फिस्लिङ । चितवनमा दुई सवारी साधन एक आपसमा ठक्कर खादाँ पाँच जना घाइते भएका छन् । अस्थाई प्रहरी पोष्ट फिस्लिङका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौँ  जादैँ गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश०३–००१ च १६८२ नं. को तरकारी बोक्ने योद्धा गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना र योद्धामा सवार तीन जना घाइते भएका हुन् ।

घाइते मध्ये मोटरसाइकल चालक नाम थर नखुलेको विदेशी नागरिक र योद्धामा सवार नाम थर नखुलेका एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार नाम थर नखुलेकी विदेशी महिलाको अवस्था मध्याम रहेको छ ।

एकआपसमा ठक्कर खादाँ दुबै सवारी साधन सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ । योद्धा चालक र सह चालक अस्थाई प्रहरी पोष्ट फिस्लिङको नियन्त्रणमा रहेको छ । ,दुबै सवारी साधन घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - १२:५६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology