Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

७० हजारभन्दा बढी गैरसरकारी संस्थामा अनुगमनको आवश्यकता 

७० हजारभन्दा बढी गैरसरकारी संस्थामा अनुगमनको आवश्यकता 

images

इच्छाकामना न्युज

२०, मंसिर २०७९
७० हजारभन्दा बढी गैरसरकारी संस्थामा अनुगमनको आवश्यकता 
images

उषा तामाङ, काठमाडौँ । देशभर दर्ता भएका ७० हजारभन्दा बढी गैरसरकारी संस्थाको गतिविधि अनुगमन प्रभावकारी हुन सकेको छैन । देशभरका गैरसरकारी सङ्घ संस्थामध्ये धेरैजसोको कार्यक्षेत्र सीमान्तकृत र पिछडिएका समुदाय नै हुने गरेको छ । स्थान वा क्षेत्र अनुसार गैरसरकारी संस्थाले त्यस्ता समुदायलाई लक्षित गर्दै जीविकोपार्जन, सीप विकास, खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, मानव बेखबिखन लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । तर, उनीहरूको गतिविधि अनुगमन प्रभावकारी हुन सकेको छैन ।

समाज कल्याण परिषद्का अनुसार देशभर ७० हजारभन्दा बढी गैरसरकारी सङ्घ, संस्था दर्ता छन् । यी संस्थाले वर्षौँदेखि समुदायस्तरमा काम गरिरहेका छन् । तर अपेक्षा अनुसारको काम नभएको भनेर आलोचना हुने गरे पनि सरकारले प्रभावकारी नियमन र अनुगमन गर्न सकेको छैन । समाज कल्याण परिषद्का प्रवक्ता सञ्जयकुमार मल्लिकले सम्झौता अनुसार समय समयमा अनुगमन भइरहेको दाबी गर्नुभयो ।

देशभर कति गैरसरकारी संस्थाले कुन क्षेत्रमा कति बजेट खर्च गरिरहेका छन् भन्ने यकिन विवरण सरकारसँग छैन । अर्कोतिर, सामाजिक, साँस्कृतिक रुपमा पिछडिएको वर्ग भनेर उल्लेख भए पनि स्पष्ट परिभाषा नहुँदा एकातिर संस्थाहरूलाई काम गर्न र अर्काेतिर संस्थालाई नियमन गर्न समस्या भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०९:१७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology