Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नारायणगोपाल स्मृति सम्मान गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई

नारायणगोपाल स्मृति सम्मान गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई

images

इच्छाकामना न्युज

२०, मंसिर २०७९
नारायणगोपाल स्मृति सम्मान गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई
images

काठमाण्डाै । स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो । 

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो । उहाँले नारायणगोपालको सालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सीमित नभइ समग्र गीत/सङ्गीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रूपमा चित्रण गर्नुभयो । उहाँले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गर्नुभयो । उहाँले आफूले देखेका अहिलेसम्मका गायक/गायिकामा त्यो किसिमको कला नपाएको बताउनुभयो । 

स्वरसम्राट नारायणगोपालको ३२ औँ पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०८:४६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology