Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अर्जेन्टिना र नेदरल्याण्डस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश 

अर्जेन्टिना र नेदरल्याण्डस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश 

एजेन्सी

१८, मंसिर २०७९
अर्जेन्टिना र नेदरल्याण्डस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश 

अर्जेन्टिना र नेदरल्याण्डस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गर्नुभयो । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

images

यस्तै अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्डस अन्तिम आठमा पुगेको छ । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गर्नुभयो । अमेरिकाका हाजी राइटले एक गोल फर्काउनुभयो ।

अब क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । विश्वकप फुटबलमा आज फ्रान्स र पोल्याण्ड अनि इङ्ल्याण्ड र सेनेगल खेल्नेछन् । 

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:३५:४७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology