काठमाण्डौ । तेश्रो नेत्रहीन टी–२० क्रिेकट विश्व कपमा सहभागिता जनाउन नेपाल आज भारत जाने भएको छ । भोलिदेखि पुस ३ गतेसम्म भारतमा हुने प्रतियोगितामा सहभागी हुन १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
लिगमा नेपालले पर्सि मङ्गलवार भारत, बुधवार बङगलादेश, शुक्रवार अस्ट्रेलिया, शनिवार दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै २७ गते श्रीलङ्का र २८ गते पाकिस्तानसँग खेल्नेछ ।