Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कम्युटर एशोसियसन महासंघ (क्यान) चितवनको अध्यक्षमा टेकलाल भुसाल

कम्युटर एशोसियसन महासंघ (क्यान) चितवनको अध्यक्षमा टेकलाल भुसाल

इच्छाकामना न्युज

१७, मंसिर २०७९
कम्युटर एशोसियसन महासंघ (क्यान) चितवनको अध्यक्षमा टेकलाल भुसाल
images

भरतपुर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवनको अध्यक्षमा टेकलाल भुसाल चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न १७औँ वार्षिक साधारण सभा तथा आठौँ जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । दुईवर्षे कार्यकालका लागि चयन भएको नयाँ समितिको उपाध्यक्षमा दिलीप तामाङ, सचिवमा इ.कृष्ण पोखरेल, कोषाध्यक्षमा रूपक नेपाल र सह–सचिवमा अनिता भुसाल चयन भएका छन् ।

images
images

१३ सदस्यीय कार्यसमितिको सदस्यहरूमा भने विनोद सापकोटा, असिम ढुंगाना, प्रदीप महतो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुसाल चयन भएका महासंघका निवर्तमान अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए । कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायीहरूको हकहितका लागि विगतमा भएका कामलाई आवश्यकताअनुसार परिमार्जन गर्ने र भइपरी आउने समस्या समाधानतर्फ उन्मुख भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष टेकलाल भुसालले जानकारी दिए । 

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २१:५३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology