Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जयबुद्ध अस्पताल भरतपुरको अध्यक्षमा पुनः जगत गुरूङ चयन

जयबुद्ध अस्पताल भरतपुरको अध्यक्षमा पुनः जगत गुरूङ चयन

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
जयबुद्ध अस्पताल भरतपुरको अध्यक्षमा पुनः जगत गुरूङ चयन
images

भरतपुर । जयबुद्ध सामुदायिक अस्पताल प्रालि भरतपुरको अध्यक्षमा पुनः जगत बहादुर गुरुङ चयन भएको छ । आज सम्पन्न अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगत बहादुर गुरुङलाई चयन गरेको हो।

4.jpg

अधिवेशनले अस्पतालको संचालक समितिमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो। जस अनुसार उपाध्यक्षमा तुलाराम गुरुङ, सचिवमा बुद्धिबहादुर गुरूङ र कोषाध्यक्षमा घमानसिंह थापालाई चयन गरेको छ।

3.jpg

यस्तै सदस्यहरूमा हेमराज आले र विमलादेवी गुरूङ चयन भएको छ भने अस्पतालका प्रबन्ध निर्देशकमा डा सिवी पुनलाई पुनः चयन गरिएको छ । बाँकी २ जना सदस्य भने पछि चयन गर्नेछ।

7.jpg

साधारण सभा तथा अधिवेशनमा अध्यक्ष जगत बहादुर गुरुङ, सचिव बुद्धिबहादुर गुरूङ, कोषाध्यक्ष घमानसिंह थापा र प्रबन्ध निर्देशक डा सिवी पुनले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेको थियो ।

5.jpg

साथै कार्यक्रममा २ जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरेका थिए ।

6.jpg2.jpg

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २०:३४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology