Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रवि लामिछानेलाई प्रेम बानियाको सुझाव 'धेरैतिर जस खोज्नु राम्रो होइन, डोजर नहँसाउनुस्'

रवि लामिछानेलाई प्रेम बानियाको सुझाव 'धेरैतिर जस खोज्नु राम्रो होइन, डोजर नहँसाउनुस्'

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
रवि लामिछानेलाई प्रेम बानियाको सुझाव 'धेरैतिर जस खोज्नु राम्रो होइन, डोजर नहँसाउनुस्'
images

चितवन । चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्व सञ्चारकर्मी प्रेम बानियाले कार्यशैलीप्रति सुझाव दिएका छन् । हाल अमेरिकामा रहेका बानियाले डोजरसँगको रविको फोटो फेसबुकमा राख्दै अब गम्भिर हुन रविलाई सुझाएका छन् ।

सिंगो युवा पुस्ताको उदय र विलयसँग रवि जोडिएको भन्दै उनले अब ‘स्टन्ट’ र ‘स्कुप’ नखोज्न आग्रह गरे । धेरैतिर जस खोज्नु राम्रो नहुने भन्दै उनले मानोपाथी नभएर मानक बन्न सुझाए ।

उनले यसरी लेखेका छन्–‘प्रिय रबिजी, अब अलि ‘सिरियस’ हुनेबेला आयो है । सिंगो युवा पुस्ताको उदय र विलयसँग तपाईं जोडिनु भएको छ । त्यसैले ‘प्लिज’ हिजोको ह्यांगओभरबाट बाहिर आउनुस् । अब तपाईं स्वयम् देशको विशेष ‘कन्टेन्ट’ हो । अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाल्नुभयो भने धेरै कुरा बिग्रिन्छ । जुगेडी खोलाको पानी रामनगर पु¥याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ, त्यो त मलाई थाहा भएन । तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो । अनि धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो होईन । मानक बन्नुस न कि मानोपाथि । किन यस्तो हल्लाखल्लामै हो के तपाई ? डोजर नहसाउनुस् यसरि । अब क्रमश सुझावहरू पाउनुहुनेछ ।’

prem-baniya.webp

रविले शुक्रबार रामनगरका स्थानीयसँग खोनपानीको पाइप विछ्याउनका लागि झाडी फाडेको र डोजरको आडमा उभिएको फोटो फेसबुकमा पोष्ट गरेका थिए । पाइप बिच्छाउने स्थानको ७ किलोमिटरको दुरि मध्य करिब २.५ किमीमा झाडि फाड्ने र खाडल खन्ने कामको थालनि भएको र केही दिनमा यसले पुर्णता पाउने उनले बताएका थिए । विसं २०५२ सालदेखि अलपत्र योजनालाई सबै मिलेर सम्भव बनाउने उनले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:५८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology