Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरकारी कार्यालय

सरकारी कार्यालयमा सुचनाको पहुँच अझै सुनिश्चित हुन सकेन 

सरकारी कार्यालयमा सुचनाको पहुँच अझै सुनिश्चित हुन सकेन 

images

सिआईएन

१७, मंसिर २०७९
सरकारी कार्यालयमा सुचनाको पहुँच अझै सुनिश्चित हुन सकेन 
images

उषा तामाङ, काठमाडौँ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले आम नागरिकलाई सूचनाको पहुँच सुनिश्चित गरेको भएपनि स्थानीय तहमा भने त्यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन । ऐनले नै १० पन्नामा दिन सकिने सूचनाका लागि पैसा तिर्न नपर्ने भनेको छ । त्यसभन्दा बढी भएमा सूचना माग्नेले प्रति पन्ना ५ रुपैयाँ तिर्नुपर्छ । तर कतिपय स्थानमा सुचनाकै लागि नागरिकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।

सडक डिभिजन कार्यालय चरिकोटबाट मासिक र वार्षिक खर्च फाँटबारीको प्रतिलिपिसहित सूचना लिँदा ४८ हजारभन्दा धेरै रकम तिर्नुपरेको दोलखाका विश्वनीति प्रकाशमान सिंह पाख्रिनले बताउनुभयो । नागरिकस्तरबाट माग हुने जानकारी, सूचना उपलब्ध गराउन प्रत्येक सरकारी तथा सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने ऐनमा भनिएको छ ।

स्थानीय तहको पहिलो कार्यकाल पूरा भइसक्दा सूचना अधिकारी तथा प्रवक्ताले भने अझै सहज रुपमा सुचना दिन नमान्ने नागरिकको गुनासो छ । पाल्पाको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले सुचना माग गर्ने ब्यक्ती नै प्रकृयागत ढङ्गले नआउँदा सुचना दिन समस्या हुने बताउनुभयो ।

अधिकांश स्थानीय तहमा अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेका, संगठनको बारेमा जानेबुझेका व्यक्तिलाई सूचना अधिकारी तोक्ने गरिएको छ । उनीहलाई उक्त जिम्मेवारी दिएवापत मोबाइल फोन, निर्णायक तहको छलफलमा सहभागिता, भ्रमणमा प्राथमिकता लगायतका सूविधा तथा प्राथमिकता दिनु भन्ने सूचना आयोगको निर्देशन छ । तर त्यो कार्यान्वयन नहुँदा पनि सूचना अधिकारी आफ्नो जिम्मेवारी पूरा गर्न उत्साहित नदेखिएको जानकारहरूले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:४०:३८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology