Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फिफा विश्वकप अन्तर्गत ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

फिफा विश्वकप अन्तर्गत ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

एजेन्सी

१७, मंसिर २०७९
फिफा विश्वकप अन्तर्गत ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

images

कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।

आज भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्र्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए ।

साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:०९:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology