Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई काठमाडौं जिल्ला प्रशासनको पत्र

रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई काठमाडौं जिल्ला प्रशासनको पत्र

images

इच्छाकामना न्युज

१६, मंसिर २०७९
रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई काठमाडौं जिल्ला प्रशासनको पत्र
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् । 

प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरेपनि थप केही बताउन चाहेको छैन। अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।  गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ । 

अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो । रवि यतिबेला चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् भने उनले आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।

 

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - २१:०९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology