Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कतार विश्वकप : ब्राजिलका नयाँ खेलाडीलाई मौका

कतार विश्वकप : ब्राजिलका नयाँ खेलाडीलाई मौका

एजेन्सी

१६, मंसिर २०७९
कतार विश्वकप : ब्राजिलका नयाँ खेलाडीलाई मौका

समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दा ब्राजिललाई अझै नेमारको सेवा प्राप्त हुने छैन। यद्यपि एक खेलअगाडि नै प्रि–क्वार्टरफाइनलमा पुगिसकेको हुनाले ब्राजिललाई नेमारको अनुपस्थितिले फरक भने पार्ने छैन र उसले नयाँ खेलाडीलाई मौका दिने रणनीति लिने सम्भावना प्रबल छ। यसै पनि ब्राजिलका प्रशिक्षक टिटे क्यामरुनविरुद्धको खेलमा आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने सोचाइमा हुनुहुन्छ। टिटेले गोलरक्षकमा पनि एलिसनको स्थानमा एडर्सनलाई खेलाउने योजना बनाइरहनुभएको छ। भेट्रान डानी एल्भेजले डिफेन्सको भार बेहोर्न मैदानमा उत्रने सम्भावना छ भने फाबिनो, एन्टोनी र गाब्रियल मार्टिनेलीले सुरुमै मौका पाउने अपेक्षा गरिएको छ। अहिलेसम्म खेल्ने मौका नपाएका सातै खेलाडीलाई मैदानमा उतार्ने विचारमा प्रशिक्षक टिटे रहनुभएको छ। ३९ वर्षीय एलभेज मैदानमा उत्रिएमा उहाँ ब्राजिलका लागि विश्वकपमा खेल्ने सबभन्दा पाको खेलाडी बन्नुहुनेछ। जुन कीर्तिमान ३८ वर्षीय ब्राजिलका कप्तान थियागो सिल्भाको नाममा रहेको छ।

images

क्यामरुनविरुद्धको बराबरीले पनि ब्राजिल समूह विजेता बन्नेछ। क्यामरुनलाई भने ब्राजिलविरुद्धको खेल निकै महत्वपूर्ण छ। क्यामरुन सन् १९९० पछि समूह चरणमा पुगेको इतिहास छैन। पछिल्लो संस्करणमा क्यामरुन विश्वकपमा चयन पनि हुन असफल भएको थियो। त्यसैले क्यामरुनका लागि ब्राजिलसँगको खेल कठिन हुने पक्का छ। अझ ब्राजिल समूह चरणमा पछिल्ला १६ खेलमा अपराजित छ।

इस समूहमा ब्राजिलको छ अङ्क छ। दोस्रो स्थानमा रहेको स्विट्जरल्यान्ड तीन अङ्कमा छ भने क्यामरुन र सर्बियाले अहिलेसम्म एक–एक अङ्क मात्र हासिल गरेका छन्।

सर्बिया–स्विट्जरल्यान्ड

विश्वकप फुटबल प्रतियोगितामा युरोपका दुई टिम सर्बिया र स्विट्जरल्यान्ड समूह जीको अन्तिम खेलमा नकआउटमा पुग्ने अभियानसहित खेल्दै छन्। स्विट्जरल्यान्डको तीन र सर्बियाको एक अङ्क छ। यद्यपि सर्बियाको स्विट्जरल्यान्डलाई हराएर अगाडि बढ्ने अवसर छ तर यसका लागि ब्राजिलले क्यामरुनलाई पनि हराउनुपर्ने हुन्छ। जसको सम्भावना धेरै छ। स्विट्जरल्यान्डलाई भने बराबरीले पनि अगाडि बढाउनेछ। तर स्विट्जरल्यान्डका प्रशिक्षक मुराट याकिनले सर्बियाविरुद्ध खेल जित्ने रणनीतिमा खेल्ने बताउनुभएको छ। सर्बिया पछिल्लो खेलमा क्यामरुनसँग ३–१ ले अगाडि रहेर पनि ३–३ ले बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो। 

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०८:५७:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology