Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना अस्पताल

इच्छाकामना गाउँपालिकाले इच्छाकामना अस्पतालको सेवा सुरु गर्ने, तयारी अन्तिम चरणमा

इच्छाकामना गाउँपालिकाले इच्छाकामना अस्पतालको सेवा सुरु गर्ने, तयारी अन्तिम चरणमा

इच्छाकामना न्युज

१५, मंसिर २०७९
इच्छाकामना गाउँपालिकाले इच्छाकामना अस्पतालको सेवा सुरु गर्ने, तयारी अन्तिम चरणमा
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना अस्पतालको सेवा सुरु गर्ने भएको छ । गाउँपालिकाले हालका लागि गाउँपालिका प्राङ्गणमै निर्र्माण गरिएको टहराबाट अस्पतालको सेवा सुरु गर्न लागेको हो।

images
images

अस्पताल संचालनका लागि अहिले प्रविधि जडान, सामाग्रीहरु मिलाउने, उपचार कक्षहरु तयार गर्ने काम भैरहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार छिटोमा मंसिर मसान्त भित्र ढिलोमा पुसको दोस्रो हप्ता भित्रमा अस्पतालको सेवा संचालनमा आउनेछ।

अस्पतालको सेवा संचालनमा आएसँगै स्थानीय नागरिकहरु सामान्य उपचारको लागि पनि पालिका भन्दा बाहिरका निजि अस्पतालहरुमा जानुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष गुरुङले बताए। उनले भने ‘अस्पतालको सेवा संचालनका लागि हामीले जेठमै कार्यपालिका बैठक बसेर निर्णय गरेको थियो, सोही अनुरुप अस्पतालको सेवा संचालनको अन्तिम तयारीमा छौं’ ।

अस्पताल संचालनको लागि इच्छाकामना गाउँपालिकाको विशेष आग्रहमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जिल्ला नेता नरेन्द्र कङ्दङ्वा सहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङसँग केहि महिना पहिले भेटवार्ता गरि गाउँपालिकाको लागि विशेष सक्रियता देखाई  ३६ लाख मुल्य बराबरको नयाँ डिजिटल एक्स–रे मेसिन, बेड, मोनिटर र केहि औषधीहरु लगायत ५० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो।

बुधबार मात्रै प्राविधिक टोलीले एक्स–रे मेसिन जडान गरी सेवा सुरु गरेको छ । थप स्वास्थ्य सेवाहरु पनि चाडै सुुरु गर्ने गरि काम भैरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिए। 

गाउँपालिकाले १५ वेडको इच्छाकामना अस्पताल संचालन गर्न लागिएको हो। 

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०९:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology