काठमाडौं। थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती हटाउन खोज्दा भएको झडपमा आक्रमण गर्नेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ। आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको थियो ।
जसअनुसार काठमाडौं प्रहरी परिसरले अनुसन्धान अघि बढाएको हो । ढुंगा प्रहार गरी घाइते बनाउने र खुकुरी देखाएर प्रदर्शनमा उत्रने विरुद्ध काठमाडौं महानगरले किटानी उजुरी समेत गरेको छ।