Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारे पनि पोल्याण्ड अघि बढ्यो

समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारे पनि पोल्याण्ड अघि बढ्यो

एजेन्सी

१५, मंसिर २०७९
समूह विजेता बन्दै अर्जेन्टिना नकआउटमा, हारे पनि पोल्याण्ड अघि बढ्यो

काठमाडाैँ । समूहको निर्णायक खेलमा पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति पहिलो हाफ गोल रहित भएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

images

४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो ।

पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुकेपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको हो । खेलभर पूरै अर्जेन्टिना हाबी भएको थियो । पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो ।

अर्जेन्टिनासँग पराजित भए पनि पोल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ । अर्को खेलमा मेक्सिको विजयी भए पनि गोल अन्तरका आधारमा पोल्याण्डले अन्तिम १६ मा उपविजेताको रुपमा स्थान बनाएको हो । साउदीलाई पराजित गरेपछि मेक्सिको र पोल्याण्डको समान ४ अंक भएको थियो ।

पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी त्यसपछि लगातार पोल्याण्ड र मेक्सिकोसँग पराजित भयो । अर्जेन्टिनाले भने ती दुवै टोलीलाई पराजित गरेको हो ।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०८:०६:४४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology