Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली युवकमाथि कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा गोली प्रहार

नेपाली युवकमाथि कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा गोली प्रहार

पत्रपत्रिका

२१, पौष २०७७
नेपाली युवकमाथि कञ्चनपुरको सीमा क्षेत्रमा  भारतीय सुरक्षाकर्मीद्वारा गोली प्रहार
images

कञ्चनपुर, २१ पौष । 
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका समयमा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई रोकेको थियो ।

images
images

‘घरका लागि चामल, दाल, चिनी, टमाटर किनेर फर्कंदै थियौँ । सँगै गएको साथी मभन्दा अगाडि थियो । जंगलमा रूख काटेर बाटोमा फालिएको रहेछ, भारतीय सुरक्षाकर्मीले मलाई रोकेर त्यही विषयमा केरकार गर्न थाले । त्यसक्रममा उनीहरूले डण्डाले हानेर मलाई लडाए । म उठेर भागेँ,’ अस्पतालमा उपचाररत नरेशले भने, ‘केही पर पुगेपछि पटका पड्केको जस्तो आवाज आयो, मेरो खुट्टामा गोली लागेको रहेछ ।’ अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी गाउँमै ट्र्याक्टर चलाउँछन् ।

गोली हान्ने खैरो बर्दी लगाएका सुरक्षाकर्मी रहेको र उनीहरू १०–१२ जनाको समूहमा रहेको नरेशले बताए । कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले नरेशमाथि गोली हान्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) वा भारतीय वन रक्षकमध्ये को हुन् भन्ने भन्ने अझै खुल्न नसकेको बताए ।

गोली लागेपछि पनि आफू केहीबेर भागेर नेपालपट्टिको पूर्णागिरि प्राथमिक स्कुलसम्म पुगेको नरेशले बताए । ‘स्कुलमा पुगेको वेला छिमेकी अंकलको फोन आयो, उहाँलाई घटनाबारे बताएर लिन बोलाएँ । उहाँले अस्पताल ल्याउनुभयो,’ उनले भने । 
स्रोतः नयाँ पत्रिका

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - १०:१४:२५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology