Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना

विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना

images

इच्छाकामना न्युज

१२, मंसिर २०७९
विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना
images

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

शुभकामना सन्देशमा जारी गर्दै राष्ट्रपति भण्डारीले जनकपुरको विशेष पर्व विवाह पञ्चमीले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन विवाह पञ्चमीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

‘विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकता सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्न तथा सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा उल्लेख छ।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०८:०२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology