Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फिफा विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकपमा आज चार खेल हुँदै

एजेन्सी

११, मंसिर २०७९
फिफा विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

images

पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन् । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।

पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत नै आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् ।

समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:३९:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology