Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै रामदेव विवादमा

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै रामदेव विवादमा

images

एजेन्सी

११, मंसिर २०७९
महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै रामदेव विवादमा
images

नयाँ दिल्ली । शुक्रबार महाराष्ट्रको थानेमा एक योग शिविरमा बाबा रामदेवले भनेका थिए, 'महिलाहरू साडी लगाउँदा पनि राम्रा देखिन्छन्,  कुर्ता सुरुवालमा पनि राम्रा देखिन्छन् र मैले जसरी कपडा नलगाए पनि राम्रै देखिन्छन्। हामी त लाज ढाक्न भनेर कपडा लगाउँछौं। बच्चाहरु ७/८ वर्षसम्म नाङ्गै कुद्थे। 

यही योग शिविरमा बाबा रामदेवसँगै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी पनि मञ्चमा थिइन्।

रामदेवको उक्त भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको छ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले बाबा रामदेवको भनाइको आलोचना गर्दै उनले यसका लागि माफी माग्नुपर्ने बताएकी छन्।

 रामदेवको कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका छोरा र सांसद श्रीकान्त शिन्दे पनि उपस्थित थिए।

बाबा रामदेवको यो भनाइप्रति प्रतिक्रिया दिँदै शिवसेना (उद्धव बालासाहेब ठाकरे) नेता सञ्जय राउतले पनि मञ्चमा अमृता फडणवीस पनि थिइन् तर उनले विरोध नगरेको बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै राउतले भने, ‘शिवाजीमाथि राज्यपालले अपमानजनक टिप्पणी गर्दा सरकार मौन रह्यो, कर्नाटकका मुख्यमन्त्रीले मराठा गाउँलाई कर्नाटकमा विलय गर्ने धम्की दिँदा सरकार मौन बस्यो र अहिले भाजपाका प्रचारक रामदेवले पनि महिलाको अपमान गरेका छन्। त्यसो भए के सरकारको जिब्रो केन्द्रको बन्धक बनेको छ ?' बीबीसी

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:३२:४३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology