Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्वाचनमा वेथिति

मौन अवधिमा चलखेल, काठमाडौंमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ, डडेल्धुरामा प्रधानमन्त्रीकै अगाडि कानुनको धज्जी

मौन अवधिमा चलखेल, काठमाडौंमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ, डडेल्धुरामा प्रधानमन्त्रीकै अगाडि कानुनको धज्जी

images

इच्छाकामना न्युज

३, मंसिर २०७९
मौन अवधिमा चलखेल, काठमाडौंमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ, डडेल्धुरामा प्रधानमन्त्रीकै अगाडि कानुनको धज्जी
images

काठमाण्डौ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भइसकेको छ । अब ४ मंसिर अर्थात् आइतबार मतदान नसकुन्जेलसम्म मौन अवधि कायम रहन्छ, यो समयमा उम्मेदवारको प्रचारप्रचार लगायतका क्रियाकलाप गर्न कानुनी दण्डनीय मानिन्छ ।

भनिन्छ चुनावमा जितहारको लेखाजोखा नै मौन अवधिमा हुन्छ । र, राजनीतिक दल, उम्मेदवारले सकेजति यही मौन अवधिमा गर्छन् । अर्थात् मतदाता तान्न कुनै कसरत बाँकी राख्दैनन् ।

यस्तै, घटना काठमाडौं ५ मा भएको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं ५ ९ख० मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका९६ स्थित एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेका थिए । उनीसँगै एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्का पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले पैसा बाँडेको आरोप लागेका बेला प्रहरीले उद्धार गरेको बताए । पैसा बरामद नभएपनि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ ।

निर्वाचन प्रभावित हुनेगरी नगद वा जिन्सी दिन वा लिन नपाइने कानुनी व्यवस्था छ । नगद बाँडेको पुष्टि भए निर्वाचन कसुर ऐन २०७३ अनुसार कारबाही हुने छ । ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

महोत्तरीमा पैसासहित उम्मेदवार पक्राउ परेका छन् । महोत्तरीको बर्दिवास ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योन्जन चडेको गाडीबाट प्रहरीले डेढ लाख नगद बरामद गरेको हो ।महोत्तरी १ ९ख० का स्वतन्त्र उम्मेदवार योन्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएको हो ।

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा अन्य व्यक्तिहरुलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । तर, निर्वाचन अधिकृतको कार्यालयले शनिबार स्पष्टीकरण सोध्ने गरी छाडेको छ । योन्जनले मतदातालाई प्रलोभनमा पार्ने हिसावले पैसा बोकेर हिँडेको पुष्टि भएमा २५ हजार जरिवाना हुनेछ ।

गण्डकीमा अर्थमन्त्री लखेटिए

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल लखेटिएका छन् । गठबन्धनबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी नेता बरालले शुक्रबार साँझ साढे पाँच बजे अन्नपूर्ण गाउँपालिका–१ भीर मुनिबाट एमाले कार्यकर्ताले लेखटेका हुन् ।

मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भए पनि बराल, पूर्व सांसद एवं माओवादी नेतृ दुर्गा विकलगायत माओवादी कार्यकर्ता त्यहाँ पुगेका थिए ।एमाले अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले घरदैलो र मतदाता प्रलोभन गर्न आएकाले आफूहरूले प्रहरीलाई बुझाएको बताए।

डडेल्धुरामा प्रधानमन्त्री देउवाकै अगाडि मौन अवधिको धज्जी उडाइयो डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि मौन अवधिविपरीत क्रियाकलाप गरिएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका कांग्रेस सभापति देउवाले सुरक्षा घेराभित्र सयौंको संख्यामा आफू बसेको डडेल्धुरास्थित रातो गुराँस रिसोर्टमा मतदाता भेटेका हुन् ।

जककि, बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइएको थियो ।सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइएका थियो । पत्रकारलाई भने फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्कीसमेत दिएका थिए ।

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ०८:५६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology