काठमाडौं । जर्मनीले कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा कठिन जित हात पारेको छ । उसले गएराति घरेलु टोली ओमानविरुद्ध १–० को कठिन जित हात पारेको छ ।
सुल्तान काबुस स्पार्ट्स कम्प्लेक्समा जर्मनीलाई जित दिलाउन निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औं मिनेटमा काइ हाभर्टेजको पासलाई सदुपयोग गरेका हुन् ।
कतार विश्वकप २० नोभेम्बरबाट सुरु हुनेछ । समूह ‘ई’ मा स्पेन, जापान र कोस्टारिकासँगै रहेको जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्व खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी