काठमाण्डौं, १९ पौष ।
भारत सरकारले थप एक कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । हिजो भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि भारत सरकारका विशेषज्ञ समूहले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई मान्यता दिएको थियो ।
भारतीय कम्पनी भरत बायोटेकको कोरोना विरुद्धको खोप कोभ्याक्सीनलाई लिएर केहीप्रश्नहरु उठेपछि त्यस विषयमा भारत सरकारले थपअध्ययन गर्ने पनि बताएको छ । भारतले यस वर्षको जुनसम्म ३० करोड मानिसलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।