Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उत्तर कोरियाली नेता किमले माफी मागे

उत्तर कोरियाली नेता किमले माफी मागे

इच्छाकामना न्युज

१३, आश्विन २०७७
उत्तर कोरियाली नेता किमले माफी मागे
images

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी माग्नुभएको । दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी माग्नुभएको हो । बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ ।बीबीसीका अनुसार किम जोङ उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग माफी माग्दै त्यो घटना हुन नहुने बताउनुभएको छ । समाचारमा जनाइएअनुसार दक्षिण कोरियाका ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए । ती व्यक्तिलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटेका थिए । सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारिएको र उनको शव जलाइएको थियो ।दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो नागरिकको हत्या गरेको बताएको थियो ।

images
images

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०८:४९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology