Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनी विशेष

दुर्घटनाका दोषी चालकलाई छोडेको भन्दै पीडित पक्षद्वारा आँबुखैरेनी प्रहरी चौकी घेराउ, मुग्लिन-पोखरा सडक अवरुद्ध

दुर्घटनाका दोषी चालकलाई छोडेको भन्दै पीडित पक्षद्वारा आँबुखैरेनी प्रहरी चौकी घेराउ, मुग्लिन-पोखरा सडक अवरुद्ध

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७९
दुर्घटनाका दोषी चालकलाई छोडेको भन्दै पीडित पक्षद्वारा आँबुखैरेनी प्रहरी चौकी घेराउ, मुग्लिन-पोखरा सडक अवरुद्ध
images

आँबुखैरेनी । केही दिन अघि भएको स्कुटर दुर्घटनाका दोषी कार चालकलाई प्रहरीले छोडेको भन्दै पिडित पक्षले ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध पारेको छ। दुर्घटनाका गम्भीर घाइते आँबुखैरेनी २का अन्दाजी ३१ वर्षीय नारायण नाम्जालीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज साझ करिब ८ बजेतिर मृत्यु भएको थियो। घाइते नाम्जालीको मृत्यु भएपछी पिडित पक्ष प्रहरी कार्यालय पुग्दा प्रहरीको नियन्त्रणमा रहेका कार चालकलाई प्रहरीले पिडितलाई थाहै नदिइ पहिले नै छोडेको पाइएपछी आक्रोसित पिडित पक्ष अहिले बेलुका ९ बजेदेखि प्रहरी कार्यालय घेराउ गर्नुका साथै राजमार्ग अवरुद्ध पारेको हो। मृतक नाम्जाली चलाएको ग २१ प ३०१७ नं. को स्कुटरलाई केही दिन अघि आँबुखैरेनी २ खानिखोला ओरालोमा बागमती प्रदेश ०१ ०२६ च ७८७६ नं. को कारले ठक्कर दिएर दुर्घटना गरेको थियो।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - २२:५२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology