आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का एमाले उम्मेद्वार पूर्ण बहादुर गुरुङले मतदाता माझ गुरुङ भाषा बोल्दै मत माग्न थालेका छन्। तनहुँको बन्दिपुर गाउँपालिका स्थित ग्याजाटारका साथै आँबुखैरेनी गाउँपालिकाको लाब्दि, डेढगाउँ, लाब्दी, छापस्वरा लगायतका गाउँहरुमा गुरुङ भाषा बोल्दै मत मागेका हुन्
अधिकांश गुरुङ समुदाय रहेको उक्त गाउँहरुमा मतदाताले बोल्ने बुभ्mने भाषामै मत मागेको उम्मेद्वार पूर्ण बहादुर गुरुङले बताए। उनले भने ‘म आपैm पनि गुरुङ समुदायकै मान्छे, र गाउँका अधिकांश स्थानीय समुदायले गुरुङ भाषामै बोल्दा अझ सजिलो रुपमा बुभ्mने भएकोले मैले आफ्नै भाषामा बोलेर मत मागेको हु’ ।