Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इङ्गल्याण्डसँग पराजय भएपछि विश्वकपबाट बाहिरियो भारत, रोए कप्तान

इङ्गल्याण्डसँग पराजय भएपछि विश्वकपबाट बाहिरियो भारत, रोए कप्तान

images

एजेन्सी

२५, कार्तिक २०७९
इङ्गल्याण्डसँग पराजय भएपछि विश्वकपबाट बाहिरियो भारत, रोए कप्तान
images

काठमाडौं ।  टी-२० विश्वकप  क्रिकेटमा भारतीय टोलीको यात्रा सकिएको छ । सेमिफाइनलमा इङ्गल्याण्डसँग १० विकेटले पराजित भएपछि भारतीय टोली यस पटकको विश्वकपबाट बाहिरिएको छ । 

खेलपछि भारतीय टोलीका कप्तान रोहित शर्मा भावुक हुँदै रोएका छन् । रोहित शर्मा डगआउटमा आफ्नो आँसु पुछ्दै भावुक बनेका थिए ।

खेल सकिएपछि भारतीय खेलाडीहरू इङ्गल्याण्ड टोलीसँग डगआउटमा पुग्दा रोहित शर्मा भावुक थिए । लामो समयदेखि रोहित शर्मा राहुल द्रविडसँग कुरा गर्दै आएका थिए । जहाँ प्रशिक्षक राहुल द्रविड उनलाई ह्यान्डल गरिरहेको देखिए ।

टी-२० क्रिकेट विश्वकपको अहिलेसम्मको इतिहासमा भएका १६ सेमिफाइनलमा भारतको यो सबैभन्दा ठुलो हार हो । इङ्गल्याण्डले अब उपाधिका लागि फाइनलमा आइतबार पाकिस्तानसँग खेल्नेछ । 

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०८:३९:२५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology