Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलायत निवासी मुग्लिनकी सरु गूरुङ राना ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’बाट सम्मानित

बेलायत निवासी मुग्लिनकी सरु गूरुङ राना ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’बाट सम्मानित

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
बेलायत निवासी मुग्लिनकी सरु गूरुङ राना ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’बाट सम्मानित
images

काठमाण्डौ । चितवनको इच्छाकामना मुग्लिनमा जन्मेर हाल बेलायत कर्मथलो बनाएकी सरु गुरुङ राना ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ बाट सम्मानित भएकी छन्।

images
images

विगत लामो समयदेखि नायिकाको रुपमा सक्रिय रहँदै आउनुभएको र पछिल्लो समय बेलायतमा रहेर पनि चलचित्र, म्यूजिक भिडियोमा अभिनयका साथै कोरियोग्राफीमा समेत निरन्तर योगदान दिँदै आउनुभएको र सामाजिक अभियन्ताको रुपमा पनि स्थापित पहिलो गुरुङ चलचित्रकी नायिका तेन्यान सरु गुरुङ रानाले अभिनय मार्फत चलचित्र तथा गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै क्वालिटी फिल्म्स प्रालि द्वारा ‘क्वालिटी ईन्टरटेनमेन्ट २०७९’ समारोहमा ‘क्वालिटी ईन्टरटेनमेन्ट राष्ट्रिय चलचित्र सम्मान २०७९’ वाट सम्मान गरिएको आयोजकले बताएको छ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा भएको समारोहमा बेलायत बसाईका कारण कार्यक्रममा उपस्थित हुन नसक्दा सो अवार्ड उहाँका दाजु किशोर गुरुङले ग्रहण गर्नु भएको थियो।

क्वालिटी फिल्मस्ले कार्तिक २१ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको दोस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’मा विभिन्न ४० विधामा अवार्ड प्रदान गरेको हो । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिएको छ ।

अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए ।

यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - ०८:३५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology