Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्वाचन विशेष

मतदान गर्ने दिन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा

मतदान गर्ने दिन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा

images

सिआईएन

२१, कार्तिक २०७९
मतदान गर्ने दिन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा
images

सजना तिमल्सिना, काठमाडौँ ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । निर्वाचनको ३ दिन पहिले नै मौन अवधि सुरु हुने भएकाले दल र दलका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

देशभर चुनावी माहोल बनेकाले उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ । पार्टीका शीर्ष नेतादेखि नेता कार्यकर्ता सबै यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरघरमा जाने र मत माग्ने कामले निकै नै तीव्रता पाएको छ । गाउँघरमा पनि चुनावी चहलपहल बढेको छ ।

यसैबीचमा अघिल्लो कार्यकालमा जितेर प्रतिनिधि सभा हुँदै सरकारको नेतृत्वमा पुगेकाहरूले समेत आफ्नो क्षेत्रलाई चासो नदिएको ललितपुर क्षेत्र नम्बर ३ का मतदाताले गुनासो गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को बुङ्मती क्षेत्रमा यस पटकको निर्वाचनमा उम्मेदवारहरू खासै पुगेका छैनन् । तर, आफ्नो क्षेत्रको लागि काम गर्नेहरूलाई नै मतदान गर्ने मतदाताहरूको विचार छ ।

विशेषगरी गुणस्तरीय शिक्षा र स्वास्थ्य, बाटोे, सिँचाइ, उत्पादनको बजारीकरण लगाएतका क्षेत्रमा मूख्य चासोका विषय रहेको ललितपुर क्षेत्र नम्बर १ का मतदाताहरू बताउँछन् ।

उम्मेदवारलाई यहि व्यवस्था गर्न अनुरोध गर्ने ललितपुरको प्यूटारका निखिल थिङले बताउनुभयो । गुनासो धेरै रहे पनि सहि प्रतिनिधि चुन्ने सबैभन्दा उपयुक्त अवसर भएकाले कतिपय मतदाता उत्साही पनि छन् । उनीहरू आफ्नो कर्मथलोबाट मतदान कै लागि गृह जिल्ला आउने तयारीमा छन् । 

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:१९:५६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology