Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुनावको अनुगमन गर्न ६ देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने 

चुनावको अनुगमन गर्न ६ देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने 

images

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
चुनावको अनुगमन गर्न ६ देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने 
images

काठमाण्डौ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको अनुगमन गर्न ६ देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन्  । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स,श्रीलङ्का र दक्षिण कोरियाबाट प्रमुख निर्वाचन आयुक्तहरू नेपाल आउँने तय भएको छ ।

उनीहरूलाई काठमाडौँ उपत्यकाका मतदान स्थल अवलोकन गराउन आयोगले तयारी गरेको उहाँले बताउनुभयो ।जापानको राज्यमन्त्री स्तरीय टोली पनि आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मतदानको दिन निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरेको थियो ।

आमन्त्रितको हवाईबाहेक अन्य खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुन्छ । आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउनेछ । अवलोकनकर्ताका साथमा परराष्ट्रका सम्पर्क अधिकृत खटिनेछन् ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०८:५१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology