Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पीएम कपमा आर्मीको पहिलो जित 

पीएम कपमा आर्मीको पहिलो जित 

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
पीएम कपमा आर्मीको पहिलो जित 
images

काठमाण्डौ । पीएम कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ । आर्मीले सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराएको हो ।

२ सय ८३ रनको लक्ष्य पाएको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । सुदुरपश्चिमका बसन्त खत्रीले २५ रन बनाउनुभयो । आर्मीका जितेन्द्र मुखियाले ३ तथा बिक्रम सोब र सादब खानले २/२ विकेट लिए ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३, रोहित पौडेलले ५२ र कुशल मल्लले ४३ रन बनाए ।  

आर्मी पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । एपीएफ र गण्डकी प्रदेशबीचको खेल भने बराबरीमा सकिएको छ । मुलपानी क्रिकेट मैदानमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो ।

गण्डकीका लागि अविशेक बस्नेतले २४ रन बनाए । एपीएफका मौसम ढकाल र किशोर महतोले ४/४ विकेट लिए । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १८:५६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology