Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुनावमा कर्मचारी खटाउनु परेपछि लाइसेन्सको अनलाइन आवेदन मङ्सिर १ देखि रोकिने

चुनावमा कर्मचारी खटाउनु परेपछि लाइसेन्सको अनलाइन आवेदन मङ्सिर १ देखि रोकिने

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
चुनावमा कर्मचारी खटाउनु परेपछि लाइसेन्सको अनलाइन आवेदन मङ्सिर १ देखि रोकिने
images

काठमाण्डौ । आगामी मङ्सिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । चुनावमा कर्मचारी परिचालन गर्नु पर्ने भएकाले आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द हुने यातायात व्यवस्था विभागले जनाएको हो ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द रहने उल्लेख गरेको छ निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न सेवाका सरकारी कर्मचारीहरुलाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।  

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १८:५२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology