Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धर्मसंस्कृति

आज हरिबोधनी एकादशी, तुलसी विवाह गरि मनाइँदै 

आज हरिबोधनी एकादशी, तुलसी विवाह गरि मनाइँदै 

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
आज हरिबोधनी एकादशी, तुलसी विवाह गरि मनाइँदै 
images

काठमाण्डौ । आज हरिबोधनी एकादशी, हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको तुलसीसँग विवाह गरि मनाउँदैछन् । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइन्छ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरूले तुलसीको व्रत गरी पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पूजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा छ ।अन्न खान नहुने मान्यताका कारण आजको दिन सखरखन्ड, पिँडालु र वन तरुल लगायतका कन्दमुल उसिनेर खाने गरिन्छ ।

आजको दिन काठमाडौँको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लाग्ने गर्छ । यी मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०९:२८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology