बंगालादेश । १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल–भुटानबीचको खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
नेपालले १५ वर्ष मुनिको साफमा अहिलेसम्म भुटानलाई हराउन सकेको छैन । यसअघि यी दुई टोलीबीच तीन वटा खेल भएकोमा भुटानले एक खेल जितेको थियो भने दुई खेल बराबरीमा सकिएको छ ।