Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने

चितवनमा मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने

images

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
चितवनमा मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने
images

चितवन । मतदाता शिक्षा कार्यक्रमका लागि हरेक वडामा एक जना स्वास्थ्य स्वयमसेविका खटाइने भएको छ । निर्वाचन कार्यालय चितवनका अनुसार आम निर्वाचनको लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।

मतदाता शिक्षा कार्यक्रममा जिल्लाका ९८ वटै वडामा स्वास्थ्य स्वयमसेविका खटिने छन् । उनीहरु मतदाताको घर–घरमा पुगेर नमुना मतपत्र देखाउँदै मतदातालाई सहि तरिकाले मतदान गर्न सिकाउँछन् ।

मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहमा आजदेखि मतदाता शिक्षा सामग्री पठाउन थालिएको निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । उनका अनुसार भोलिसम्म सबै सामग्री सात वटै पालिकामा पुगिसक्छन् ।

मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा तीन तहको समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मतदाता शिक्षा जिल्ला स्तरीय समिति र स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिती गठन गरिएको छ ।

वडामा वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति वडा स्तर गठन गरिएको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०८:०८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology