Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धर्मसंस्कृति

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन,गाई तिहार मनाइँदै 

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन,गाई तिहार मनाइँदै 

images

इच्छाकामना न्युज

८, कार्तिक २०७९
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन,गाई तिहार मनाइँदै 
images

काठमाण्डौ । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार, गाईको पूजाआजा गरि मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरि गाई तिहार मनाउन लागिएको हो ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यो वर्ष गोरु तिहार भने भोलि परेकोछ । तिथिहरूको घटबढका कारण यो वर्ष लक्ष्मी पूजा हिजै गरिए पनि गाई तिहार भने आज मनाइँदैछ ।

हिन्दु धर्मावलम्बिहरूले आज धुमधामका साथ गाईको पूजा गरी गाई तिहार मनाउँछन् । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरिएको सर्वसाधारणहरू बताउँछन् ।

गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको मानिसहरूको भनाइ छ ।आधुनिक विज्ञानले समेत स्थानीय गो रस विभिन्नि रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनि अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ । 

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology