Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा साउनयता १९ सय ८३ जनामा डेंगु संक्रमण, तीनको मृत्यु

चितवनमा साउनयता १९ सय ८३ जनामा डेंगु संक्रमण, तीनको मृत्यु

इच्छाकामना न्युज

७, कार्तिक २०७९
चितवनमा साउनयता १९ सय ८३ जनामा डेंगु संक्रमण, तीनको मृत्यु
images

चितवन । चितवनमा यस आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता हालसम्म १९ सय ८३ जनामा डेंगु संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका १३ सय ६७, अन्य जिल्लाका ४०७ र ठेगाना नखुलेका २०९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस अवधिमा तीन जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ ।

images
images

आइतबार मात्रै जिल्लामा २३ जनामा डेंगु भेटिएको छ, जसमध्ये चितनवका २१ जना हुन् भने अन्य जिल्ला र ठेगाना नखुलेका एक÷एक संक्रमित छन् । चितवनका कुल संक्रमित १३ सय ६७ जनामध्ये भरतपुर महानगरका ९१५, खैरहनीक ११६, माडीका २७, रत्ननगरका १८८, राप्तीका ७८, कालिकाका ३६ र इच्छाकामनाका सात जना संक्रमित छन् ।

 

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०८:२८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology