Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

यसपाली तिहारमा सयपत्री मालाको आयातमा सरकारले रोक लगायो

यसपाली तिहारमा सयपत्री मालाको आयातमा सरकारले रोक लगायो

images

इच्छाकामना न्युज

५, कार्तिक २०७९
यसपाली तिहारमा सयपत्री मालाको आयातमा सरकारले रोक लगायो
images

काठमाडौं । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रस्तावमा आयातमा रोक लगाइएको बताइएको छ । व्यवसायीले आवश्यकताभन्दा धेरै माला आयात गर्न थालेपछि आयातमा रोक लगाइएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले व्यवसायीले अस्वाभाविक रूपमा आयात गर्न थालेपछि बजारमा स्वदेशी मालाले मूूल्य नपाउने हुँदा आयातमा रोक लगाउन प्रस्ताव गरिएको उनले जानकारी दिए । 

“तिहारलाई अपुग हुने माला एक हप्ताअघि नै आयात भइसकेको छ । थप आयात नहोस् भनेर आयातमा रोक लगाइएको हो,” उनले भने । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारका बेला बढी खपत हुने हुँदा सयपत्रीको तीन लाख माला अपुग हुने उनले जानकारी दिए । 

स्वदेशी उत्पादनले तिहारमा ९० प्रतिशत बजार माग धान्ने र १० प्रतिशत आयात गर्नुपरेको उनले जानकारी दिए । 

एसोसिएसनका अनुसार यसपालि तिहारमा २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ । जसमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ । 

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाख रुपियाँको कारोबार हुने फ्यानले जनाएको छ । 

गत वर्ष सयपत्री फूल माला नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको माला एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको माला ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उनले जानकारी दिए । 

यो वर्षको तिहारमा सयपत्री फूलबाहेक अन्य फूल मालाको मूल्य बढ्ने भएको छ । एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपियाँमा बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो । 

मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५ रुपियाँ कायम भएकामा यो वर्ष ४० रुपियाँ तोकेको एसोसिएसनले जनाएको हो । यस्तै गोदावरी फूलको माला ५० रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपियाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपियाँ तोकेको छ । 

एसोसिएसनका अनुसार गत वर्षको तिहारमा १८ लाख १५ हजार व्यावसायिक सयपत्री फूूलको माला खपत भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुमान गरिएको तामाङले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०८:२८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology