कुरिनटार । ११४ औं लक्ष्मी जयन्तीको अवसरमा इच्छाकामनामा कविता वाचन कार्यक्रम हुने भएको छ । जयन्तीको अवसरमा इच्छाकामना साहित्य प्रवाहको आयोजनामा कुरिनटारमा कार्तिक ५ गते शनिबार कविता वाचन कार्यक्रम हुने भएको हो।
कार्यक्रममा मदन पुरस्कार विजेता प्रसिद्ध आख्यानकार अमर न्यौपानेको आख्यान संम्वन्धि विशेष प्रवचन, प्रसिद्ध छन्दकवी नारायणप्रसाद पोखरेल र संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पोखरेलको छन्द कविता प्रस्तुत गरिने आयोजक इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माले जानकारी दिए।