Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वास्थ्य

देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 
images

काठमाण्डौ । देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन लागेको हो ।

महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरूलाई खुवाउन सकिने मन्त्रालयले जनाएको छ । सोही अवसरमा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

सरकारले वि.सं. २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाको औषधि वि.सं. २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए र जुकाको औषधि’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology